अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा


मड्रिड-महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।  

३३ वर्षीय हरमोसोले सो चुम्बन सहमतिमा नभएको बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् ।

‘म मेरो कामलाई जारी राख्न सक्दिनँ,’ पियर्स मोर्गनको टेलिभिजन कार्यक्रममा उनले भने । ४६ वर्षीय रुबियालेसले यूईएफएको कार्यकारी समितिको उपाध्यक्षको पदबाट पनि राजीनामा दिएका छन् ।

चुम्बन प्रकरणले स्पेनिस फुटबल घेरिँदा महिलाको टोलीले जितेको विश्वकपको उपाधि नै ओझेलमा परेको थियो । रुबियालेसमाथि सुरुदेखि नै राजीनामाको दबाब परे पनि उनले त्यसलाई अस्वीकार गर्दै आइरहेका थिए । उनलाई विश्व फुटबलको नियामक निकायले भने निलम्बन गरिसकेको थियो ।