अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका यी स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौँका यी स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने


काठमाडौँ– काठमाडौँका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै असोज २४ देखि कात्तिक ४ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।  

प्राधिकरणका अनुसार काठमाडौँ ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६ र ११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले विद्युत् सेवा प्रभावित हुने भएको छ ।  

उक्त सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको प्राधिकरणको सूचनामा उल्लेख छ ।

त्यसैले यी क्षेत्रमा केही दिन विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।