अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे


काठमाडौँ-यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत भाइटीकाको उत्तम साइत र तिहारका विभिन्न पर्वको मिति सार्वजनिक गरेको हो।

समितिका अनुसार यस वर्ष यमद्वितीया अर्थात् भाइटीका कात्तिक २५ गते बुधबार परेको छ। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तिहार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदानबाट सुरु हुनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा र कात्तिक २४ गते मंगलबार गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ। उक्त दिन बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।