अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमि कालापानीमा

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमि कालापानीमा

सरकार भने बेखबर


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि कालापानीमा पुग्नुभएको छ।

मोदी आज बिहानै हेलिकप्टरमार्फत कालापानी पुग्नुभएको हो। भारतीय प्रधानमन्त्री नेपाली भूमि कालापानीमा आउँदा नेपाल सरकार भने बेखबर छ।

उहाँ आज बिहान भारतको उत्तराखण्डको पिथौरागढबाट लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन् ।

उहाँले भारत-चीन सीमामा रहेको कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गर्नुभएको थियो । उहाँले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाउनु भएको थियो।

भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरेको हो।

नेपालले यी भूमि नेपालको नक्शामा राखे पनि आफ्नो स्वामित्वमा भने लिन सकेको छैन । भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो।

भ्रमणबारे भारतीय पक्षसँग बुझ्न खोज्दा सम्पर्कमा नआएको उहाँले बताउनु भयो ।

Skip This