भक्तपुर -नेकपा एमाले भक्तपुरले मंसिर ७ गतेको विरोध प्रदर्शन भव्य बनाउने निर्णय गरेको छ ।
आज विहान सूर्यविनायकमा भएको बृह्त जिल्ला भेलाले भक्तपुरबाट कम्तीमा १२ हजार जना सो कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । भेलाका प्रमुख अतिथी पार्टी पोलिटव्यूरो सदस्य महेश बस्नेतले कोही व्यक्तिसँग एमालेले कार्यक्रम जुधाएको भनेर कतिपयले भनिरहँदा युवा संघ नेपालका इन्चार्ज समेत रहेका बस्नेतले दुई महिना अघि नै युवा संघले व्यवस्था विरोधी शक्तिहरुका विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो ।
‘एमालेको विरुद्धमा रहेका अपराधी,माफिया र लफंगाहरुलाई ठेगान लगाउनु छ’ बस्नेतले भन्नुभयो ‘गणतन्त्र माथी धावा बोल्दा,पञ्चायतकालिन राष्टियगान गाउँदा सत्तामा हुनेहरुलाई दुख्दैन । उनीहरु रमित हेरेर बसेका छन् । तर एमाले गणतन्त्र विरोधी यस्ता तत्वहरुको खुलेर मुकाविला गर्दछ ।’
सेनापतीलाई आक्रमण गर्दा हात बाँधेर बस्ने व्यक्ति सैनिक हुन नसक्ने भन्दै बस्नेतले अध्यक्ष ओली माथी साइबर आक्रमण भइरहँदा एउटा पनि स्टाटस नलेख्ने र त्यसका विरुद्ध नबोल्ने व्यक्ति एमाले हुन नसक्ने बताउनुभयो । उहाँले एउटा लफंगाले तर्साउदा एमाले पंक्ती स्याल जस्तो भएर सुत्नु लज्जास्पद भएको भन्दै भक्तपुरका सबै पार्टी पंक्तीलाई यस्ता कुराको डटेर प्रतिरोध गर्न निर्देशन दिनुभएको छ ।

उहाँले युवा संघका कार्यकर्ता पनि आफूहरु विरुद्धको साइबर हमलामा दर्शक भएर बसेको भन्दै असन्तुष्टी जनाउनुभएको छ । ‘हिजो बेलुलका युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र म भएर युवा संघका नेताहरुले सामाजिक सञ्जालमा के के लेखेका छन् भनेर हेर्यौं तर स्थिती बिजोग छ’ बस्नेतले भन्नुभयो ‘केन्द्रीय सदस्य मात्र हैन कतिपय पदाधिकारीले एमालेलाई भइरहेको प्रहारका विरुद्ध एक शब्द लेखेका छैनन् ।’
केही व्यक्तिहरु राजा ल्याउने भन्दै धतुंगाएको बताउनुभयो । ‘राजा आउछ तर माघमा महिनामा मात्र’ बस्नेतले भन्नुभयो ‘त्यो पनि स्वस्थानी ब्रत कथामा लावण्य देशको राजा आउछ । ’

प्रतिक्रिया