अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय सदस्य गोपाल बम एमालेमा फर्किए

नेकपा एसका केन्द्रीय सदस्य गोपाल बम एमालेमा फर्किए


काठमाडौं-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद गोपाल बम नेकपा एमालेमै फर्किनु भएको छ। सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उहाँ एमालेमा फर्किनुभएकाे हाे।

२०७४ सालको निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका बम एमाले विभाजनताका माधव नेपालको पक्षमा लाग्नुभएको थियो। एमाले विभाजनमा सनाखत गर्ने माधव नेपाल पक्षका २३ सांसदमध्ये बम पनि एक हुनुहुन्थ्यो। माधव नेपालको भ्रममा परेर आफूले त्यो गल्ती गरेको बमको भनाई छ।

प्रवेशपछि पूर्व सांस्द बमले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी भन्ने पार्टीको औचित्य छैन भन्ने जनताले प्रष्ट पारिसके । माधव नेपाल र केही मानिसको ब्यवसाय चलाउन त्या पार्टीमा रहिरहने कुरा उचित लागेन। त्यसैले आफ्नो पुरानो घर फर्किएँ ।’

बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताउनुभएकाे छ।