अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले युवा संघ र विद्यार्थी संगठनले उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्दै

एमाले युवा संघ र विद्यार्थी संगठनले उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्दै


काठमाडाैं-नेकपा एमालेकाे युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आज साँझ काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा साल जुलुस निकाल्ने भएका छन्।

भाेलि काठमाडाैंकाे तीनकुनेमा हुने युवा-विद्यार्थी अभियानकाे पूर्व सन्धामा युवा संघ र अनेरास्ववियुले आज उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्न लागेका हुन्।

युवा संघका प्रवक्ता निराेज पाैडेलका अनुसार अहिले साढे ५ बजे काठमाडाैंकाे सामाखुशी, सीतापाइला, गौशाला, चाबहिल, तिनकुने, सुन्धारा, प्रदर्शनी मार्ग र थलीमा मसाल जुलुस निकालिने छ।

साेही समयमा भक्तपुरकाे निकोसेरा चोकमा पनि मसाल जुलुस निकालिनेछ। साेही समयमा नै लतितपुरकाे मंगलबजार, लगनखेल, इमाडोल, चापागाउँ, प्याङगाउँमा मसाल जुलुस निकालिने युवा संघले जनाएकाे छ।

Skip This