अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले बोलायो केन्द्रीय कमिटी बैठक

युवा संघले बोलायो केन्द्रीय कमिटी बैठक

मंसिर ८ र ९ गते बस्ने


काठमाडाैं-नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ।

मंसिर ८ र ९ गते बस्ने गरी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बाेलाइएकाे युवा संघले जनाएकाे छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर ७ गते हुने युवा-विद्यार्थी विशेष कार्यक्रमकाे समीक्षा, संगठनकाे काम कारबाही लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ।

युवा संघ र अनेरास्ववियुकाे आयाेजनमा भाेलि काठमाडाैंकाे तीनकुनेमा युवा-विद्यार्थी विशेष कार्यक्रम आयाेजना हुँदैछ। माइतीघरमा गर्ने भनिएकाे कार्यक्रम काठमाडाैं प्रशासनले निषेधाज्ञा जारी गरेपछि तीनकुनेमा सारिएकाे हाे।

युवा संघले कार्यक्रमकाे पूर्व सन्ध्यामा उपत्यकाका विभिन्न ठाउँमा आज साँझ मसाल जुलुस निकाल्दैछ।

Skip This