ताप्लेजुङ-नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ।
अनेरास्वियुका नेता तथा कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोका स्वकीय सचिवसमेत रहेका उहाँलाई फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटलमा खुकुरी प्रहार गरिएको हाे।
स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा बानियाँमाथि खुकुरी प्रहार गरेका हुन् । मावोले दिनुपर्ने ९ लाख २० हजार रूपैयाँ बानियाँले ताकेता गरिरहेकोमा मावोले दिएको चेक नसाटिएपछि उनले केही दिनअघि चेक बाउन्सको मुद्दा दायर गरेको बताइएको छ।
मुद्दा दायर गरेपछि हिजो सो विषयमा दुई पक्षबीच छलफल भएको थियो। आज भने होटल अगाडि खेदाईखेदाई खुकुरी हानिएको प्रहरीले बताएको छ।






प्रतिक्रिया