अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव नेपालकाे षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए: अध्यक्ष ओली

प्रचण्ड-माधव नेपालकाे षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए: अध्यक्ष ओली


डोटी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जाेगाएको बताउनु भएको छ।

मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीकाे सिलगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिनुभयो।

‘पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालले षडयन्त्र गरेता पनि ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ। पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ। देशी-विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंहरु सबैलाई धन्यवाद !’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको अध्यक्ष ओलीले बताउनुभयो। देशलाई अगाडी बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उहाँले बताउनुभयो। अधयक्ष ओलीले लम्पीस्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाउनुभयो। उहाँले सरकार धेरै समय टिक्न नसक्ने बताउनु भयो ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो। यस्तै अवस्था देशमा रहँदैन’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिनुभएको थियो।