काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । एमालेको मध्यपहाडी यात्राका क्रममा देउवाको गृह जिल्ला डडेल्धुरामा रहेका अध्यक्ष ओलीले उहाँलाई फाेन गर्नुभएको हो ।
फोनमा दुई नेताले हाल खबर सोध्नुभएको छ । सो क्रममा देउवाले आफ्नो जिल्लामा स्वागत गर्नुभएको छ भने अध्यक्ष ओलीले डडेल्धुरा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।
फोनपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ,’सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो । उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी !’
एमालेको मध्यपहाडी लोकमार्ग यात्राको आज दोस्रो दिन डडेल्धुरा र डोटीमा सभा हुँदैछ ।




प्रतिक्रिया