अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्वतबाट अध्यक्ष ओलीको सम्बोधन: वर्तमान सरकारले केही गर्न सक्दैन

पर्वतबाट अध्यक्ष ओलीको सम्बोधन: वर्तमान सरकारले केही गर्न सक्दैन


 पर्वत-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट केही पनि आशा गर्न नसकिने बताउनु भएको छ।

‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन पर्वत कुश्मामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे।

अध्यक्ष ओलीले भन्नुभयो, ‘वर्तमान गठबन्धनबाट केही पनि आशा गर्न सकिन्न। अहिले सरकारमा रहेका दलहरूले त झनै केही पनि गर्दैनन् । सरकारले केही गर्न सक्दैन ।’

नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि अध्यक्ष ओलीले आरोप लगाउनु भयो। ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भन्नुभयो, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ। देशमा सरकार छ तर काम लाग्ने छैन। काम बिगार्ने छ। उत्तरबाट बाटो खोल्यौ। तर प्रयोग गर्ने आँट गर्दैन। हामीले नक्सा छाप्यौं, कार्यान्वयन गर्न सक्दैन।’ यही सरकार रहिरहे देश बर्बाद हुने समेत ओलीको भनाइ छ।