काठमाडौँ-नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुनुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गर्नुभएको थियो।
माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।






प्रतिक्रिया