अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपाध्यक्ष पौडेलद्वारा भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निरीक्षण

उपाध्यक्ष पौडेलद्वारा भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निरीक्षण


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।

बुधबार निरीक्षण गर्दै उपाध्यक्ष पौडेलले निर्माणाधीन (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताउनु भयो। उहाँले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताउनुभयो । दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उहाँको भनाइ छ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं।’

नेता पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताउनु भयो।

नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो।