अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० वर्षमा साढे २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ: उर्जामन्त्री खड्का

१० वर्षमा साढे २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ: उर्जामन्त्री खड्का


काठमाडौं-उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ। बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री खड्काले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताउनुभयो। उहाँले दुई ठुला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने भनाइ व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुशी प्रकट गर्नुभयो। विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसूस गरेर सबैले लगानी बढाइरहेको मन्त्री खड्काले बताउनुभयो। १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलस्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताउनुभयो ।