अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आहा रारा गोल्ड कपको सेमी फाइनल र फाइनल म्याच ‘डिशहोम गो’मा हेर्न सकिने 

आहा रारा गोल्ड कपको सेमी फाइनल र फाइनल म्याच ‘डिशहोम गो’मा हेर्न सकिने 


काठमाडौं-कास्कीको पोखरामा जारी २३औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ।

सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो। त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ।

सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दै छन्। आजको विजेताले शनिबार थ्रीस्टारसँग उपाधि भिडन्त गर्ने छ। थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।