अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यति एयरलाइन्सले थप्यो दुईवटा ७२ सिटे जहाज

यति एयरलाइन्सले थप्यो दुईवटा ७२ सिटे जहाज


काठमाडौं -यती एअरलाइन्सले दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन (एन एओएफ) र (एन–एओएच) पाएको छ ।
खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । बर्तोलाले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने निति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बताउनुभयो ।

कम्पनीले सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको जनाएको छ ।

यती एअरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।