अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी सङ्घको अध्यक्षमा गुरागाईं

कर्मचारी सङ्घको अध्यक्षमा गुरागाईं


काठमाडौँ-राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको अध्यक्षमा पवित्रा गुरागाईं निर्वाचित हुनुभएको छ। सङ्घको चौथो केन्द्रीय अधिवेशन तथा साधारणसभाबाट गुरागाईं निर्वाचित हुनुभएको हो । उहाँसँग अध्यक्ष पदमा पूर्णप्रसाद मिश्रले प्रतिष्पर्धा गर्नुभएको थियो ।

अध्यक्षबाहेक अरु सबै पदाधिकारी र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ। सङ्घको वरिष्ठ उपाध्यक्षमा चेतबहादुर अधिकारी ९सिबी०, समावेशी उपाध्यक्षमा मैना थापा, महासचिवमा छविलाल कुमाल, खुला सचिवमा प्रमोद कार्की, समावेशी सचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा उमा शर्मा चयन हुनुभएको छ।

त्यसैगरी सङ्घको कार्यसमिति सदस्यमा सिद्धराज भट्ट, मुना कार्की, रामचन्द्र बस्नेत, यादवप्रसाद गोतामे, फिरुराम चौधरी, ज्ञानु तिमिल्सिना, सागुरसिंह राना, शम्भु यादव र उदीपकुमार यादव चयन हुनुभएको छ। वनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको छ। सो अवसरमा निर्वाचन समितिका संयोजक राजाराम कार्कीले सङ्घ आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने सशक्त संस्था भएको उल्लेख गर्दै कर्मचारीको वृत्तिविकास तथा हकअधिकारका पक्षमा सधँै उभिने विश्वास व्यक्त गर्नुभयो।

सङ्घका नवनिर्वाचित अध्यक्ष पवित्रा गुरागाईंले सङ्घलाई सक्रिय बनाउदैँ सबै कर्मचारीलाई एकीकृत गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष मनोजकुमार लामिछानेले कर्मचारीको समस्या र गुनासालाई सधैँ प्राथमिकतामा राखेर सङ्घलाई सक्रिय बनाउन आग्रह गर्नुभयो। कार्कीको संयोजकत्वमा नारायणप्रसाद घिमिरे, भीष्मराज ओझा र सिर्जना राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।