अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक भण्डारीलाई हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक भण्डारीलाई हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार


काठमाडौँ– प्रेस चौतारी नेपालले यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । 

यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका पत्रकार माधव नेपाललाई दिने चौतारीले निर्णय गरेको हो । अन्नपूर्ण पोस्टकै रौतहट संवाददाता फणिदेव महत वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि चयन हुनुभएको छ ।  

यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यसिमा महत र सावित्रीदेवी– पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने भएको छ। 

पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्ल्भ नेपालको निर्णायक मण्डलले विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो । पुरस्कार संगठनको २६औँ स्थापना दिवसमा माघ २२ गते प्रदान गरिने अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।