अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजीनामा

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजीनामा


काठमाडौं-पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा मागेको छ।
महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो। साथै उहाँले आरोपित द्वयलाई राजीनामा दिइ अनुसन्धालाई सहयोग गर्न समेत आग्रह गर्नुभयो।
महासंघको गत माघ २८ र २९ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताउनुभयो । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उहाँले बताउनुभयो।

कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिनुभयो । यसै गरी बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए । नेपाल सरकाले कानुन र अस्थामा प्रहार गदै लुम्बिनिको रामग्रमको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासचिव देवकोटाले माग गर्नुभयो ।

Skip This