काठमाडौं-नेकपा एमालेनिकट अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशीमाथि कुटपिट भएको छ।
अनेरास्ववियु क्याम्पस कमिटीद्वारा शुक्रबार अस्कल क्याम्पसमा आयाेजित कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको टाेलीले कुटपिट गरेर घाइते बनाएकाे अनेरास्ववियुका प्रवक्ता प्रकाश पाैडेलले जानकारी दिनुभयो ।
आक्रमणकाे अनेरास्ववियु निन्दा र भर्त्सना गर्दछ’ पौडेलले विज्ञप्ति मार्फत भन्नुभएको छ, ‘तत्काल सीसीटीभी फुटेजको सहयोगमा दोषीलाई पक्राउ गरेर कारबाही अघि नबढाए प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहान्छौँ।’
अस्कल क्याम्पसमा पटक पटक भइरहेको आपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइँका लागि संगठन तयार रहेकाे उनले उल्लेख गरेका छन्।
कुटपिटमा संलग्नलाई राज्यको संरक्षण मिलेको आरोप अनेरास्ववियुले जनाएको छ। क्रान्तिकारीलाई र प्रहरी प्रशासनको संरक्षणमा गुन्डागर्दी गर्न दिइएको जिकिर अनेरास्ववियुले गरेकाे छ।






प्रतिक्रिया