अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी र मधेसमा आंशिक बदली,अन्यत्र मौसम सफा

कोसी र मधेसमा आंशिक बदली,अन्यत्र मौसम सफा


काठमाडौं – अहिले बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। दिउँसो गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने अनुमान महाशाखाले गरेको छ। राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनकाअनुसार मौसम बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि आज वर्षाको सम्भावना भने कतै देखिएको छैन।

Skip This