अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पालिकाको कार्यसम्पादन मूल्यांकन : झापाका नगरपालिकामा बिर्तामोड र गाउँपालिकामा हल्दिबारी पहिलो

पालिकाको कार्यसम्पादन मूल्यांकन : झापाका नगरपालिकामा बिर्तामोड र गाउँपालिकामा हल्दिबारी पहिलो


झापा – झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन रिर्पोट अनुसार झापाका नगरपालिकाहरुमध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीले सबैभन्दा बढी अंक पाएका छन । बिर्तामोडले ३७.४३ अंक पाउँदा हल्दिबारीले ३२.३९ अंक प्राप्त गरेको छ ।

नगरपालिकाहरु मध्ये कनकाई नगरपालिकाको सबैभन्दा कम अंक रहेको छ । कम अंक प्राप्त गर्नेमा अर्जुनधारा नगरपालिका दोस्रो नम्बरमा छ । कनकाईले २३.९४ अंक पाउँदा अर्जुनधाराले २६.२६ अंक पाएको छ । त्यस्तै मेचीनगर नगरपालिकाले २७.४६ अंक पाएको छ भने भद्रपुर नगरपालिकाले ३०.४७, गौरादह नगरपालिकाले ३१.९ अंक, शिवसताक्षीले ३५.८५ पाउँदा दमक नगरपालिको ३६.५७ अंक प्राप्त गरेको छ ।

त्यस्तै गाउँपालिका तर्फ कचनकवल गाउँपालिकाले सबैभन्दा कम अंक पाएको छ । कचनकवलले १७.४४ अंक प्राप्त गरेको छ । गौरीगञ्जले २०.६५ अकं पाएको छ भने बाह्रदशीले २१ अकं पाएको छ । त्यसैगरी झापा गाउँपालिकाले २५.८ अंक, कमल गाउँपालिकाले २७.६६ अकं, बुद्धशान्ति गाउँपालिकाले २८.९८ अंक पाएको छ ।

स्थानीय तहको प्रयोजनका लागि १७ वटा सूचकमा आधारित भएर मूल्याङ्कन गरिएको हो । संघीय सरकारले विना सर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ ।