अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा 


काठमाडौं-नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ।

बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा-५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा-१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गर्नुभयो। उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताउनु भयो।

बैंकले देशभरी २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटिएममार्फत् सेवा प्रदान गरिरहेको छ। 

Skip This