अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिग सीजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकको क्यास ब्याक अफर

बिग सीजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकको क्यास ब्याक अफर


काठमाडौं-एनएमबी, नबिल र माछापुच्छ्रे बैंकले बिग सीजी डेको अवसरमा ग्राहकहरूको लागि सुनौलो अफर ल्याएका छन् । 

सीजी डिजिटल सँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फागुन २१  गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम  (रु. २०००/-) दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम (रु. २५००/-) दुइ हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४  प्रतिशत छुट वा अधिकतम ७ सय २४ रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम १ हजार २४ रुपैयाँसम्म छुट पाउन सक्नेछन्।

त्यस्तै एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम ५ सय रुपैयाँसम्म क्यास ब्याक छुट पाउन सक्नेछन् ।

बिग सीजी डेमा ८०० बढी सामानहरूमा ३६ प्रतिशत सम्मको छुट, थप १० प्रतिशत सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सीजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा-सुविधामा विभिन्न अफर राखिएका छन् ।

Skip This