अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की

वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की


काठमाडौं-नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन्।

हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन भएका हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर, महासचिवमा यति एयरलाइन्सका एकाउन्टेवल म्यानेजर सुभास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशी निर्वाचीत भएका छन्।

नयाँ समितिको औपचारिक रुपमा घोषणा गरिएको छैन। बिहीबार हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा बुधबार सर्वसम्मत नेतृत्व चयन गरिएको हो। २ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि बुधबार नै सर्वसम्मत चयन गरिएको संघले जानकारी दिएको छ।

यसअघिका साधारण सभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको संघको भनाइ छ।
संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएका छन्।

संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताए। साधारणसभा बिहीबार ५ बजेका लागि तय गरिएको छ।

Skip This