काठमाडौं-संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ।
सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन परिसर भित्र जबरजस्ती छिरेर नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरीले प्रहरीले ४८ महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएको थियो ।
कडा सुरक्षा घेराभित्र रहेको संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले संसद् भवनसहित सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारेको थियो ।






प्रतिक्रिया