अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद एलपी साँवाको पहलमा कन्काई माविमा आँखा तथा दन्त शिविर 

सांसद एलपी साँवाको पहलमा कन्काई माविमा आँखा तथा दन्त शिविर 


काठमाडौँ– झापा क्षेत्र नं. ४ का संघीय सांसद् एलपी साँवा लिम्बूको पहलमा कन्काई माध्यमिक विद्यालयमा आँखा तथा दन्त शिविर सुरु भएको छ । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कन्काई माविमा डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा सो शिविर सुरु भएको हो ।

शिविरको उद्घाटन गर्दै सांसद लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको बताउनुभयो । 

उद्घाटन समारोहमा डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्साल, सचिव विनोद राना, प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिङ अस्पताल काठमाडौँका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, आँखा रोग विशेषज्ञ डा। आरती थापा लगायत प्रतिष्ठानका पदाधिकारी एवं काठमाडौँबाट शिविर सञ्चालनका लागि आएका डाक्टरहरु तथा प्राविधिकको सहभागिता रहेको थियो ।  

कन्काई माविका २४ सय ८० विद्यार्थी तथा ८७ जना शिक्षक र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने सहआयोजक संस्था कन्काई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँले बताउनुभयो ।