काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीले दुग्ध किसानहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा देशभरका दुग्ध किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।
दुधको भुक्तानी समयमा नपाएको कारण गाई भैंसीलाई ढुटो, दानाहरु खुवाउन पनि नसकेको अवस्था सृजना भइरहेको बताउँदै एमाले बागमती प्रदेश कमिटीले किसानलाई समयमा भुक्तानी प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ। विज्ञप्तिमार्फत आगामी फागुन २१ मा माइतीघर मण्डलमा हुन गइरहेको बृहत् विरोधसभामा नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागी हुन अपिल समेत गरेकोछ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
विगत केही समयदेखि अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ। किसानले उत्पादन गरेको दुधको भुक्तानी समयमा नपाएको कारण र त्यसबाट सृजित समस्या जस्तै गाई भैंसीलाई ढुटो, दानाहरु खुवाउन पनि नसकेको अवस्था सृजना भइरहेको छ । दुग्ध उद्योगी र सरकारी पक्षसंग निरन्तर छलफल वार्ता भएता पनि कार्यन्वयन नभएको कारणले अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानहरु आन्दोलित छन्। उक्त आन्दोलनमा नेकपा (एमाले) बागमती प्रदेश कमिटी एक्यबद्धता जनाउदै किसानलाई समयमा भुक्तानी प्रदान गर्न सरकारसंग जोडदार माग गर्दछ र फागुन २१ गते माइतीघर मण्डलामा हुन गईरहेको बृहत विरोध सभामा नेकपा एमालेका सबै नेता कार्यकर्ताहरुलाई यस आन्दोलनमा सहभागी हुन समेत हार्दिक अपित गर्दछौ।
भक्त कुमारी लामा
उपसचिव तथा
प्रचार विभाग प्रमुख
नेकपा (एमाले) बागमती प्रदेश







प्रतिक्रिया