अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँः झलनाथ खनाल

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँः झलनाथ खनाल


भरतपुर-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ।

आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक–पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले अहिले राजनीतिक दलहरु हिँडेको बाटोको सीमक्षा गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 'हामी हिँडेको बाटोको एक पटक समीक्षा आवश्यक छ। कमजोरी कहाँ भएको छ। एकचोटी सबैले छातीमा हात राखेर मनन गरौँ । सबै एकजुट हुने हो भने समृद्धि सम्भव छ।' 

नेता खनालले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो। 'सबै मिलेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तय गरौँ । यसबाट सुन्दरतामा सुगन्ध पनि थपिन्छ', उहाँले भन्नुभयो। उहाँले नेपालमा विराट सम्भावना रहेको र चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको समेत उल्लेख गर्नुभयो। 

'भरतपुरमा विकास र रुपान्तरणका प्रक्रिया आगाडि बढ्दै छन्। भ्रमण वर्षको उद्घाटन महोत्सवका रुपमा स्थापित भएको छ', उहाँले भन्नुभयो।  खनालले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि छोरी मात्रै नभई नेपालीकी छोरी भएको बताउनुभयो।

'रेनु दाहालको नेतृत्वमा यो कार्यक्रम आयोजना भएको छ। प्रमुख दाहाल कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हुनुहुन्छ। धैरै कामहरु पूरा गर्नुहोस्। शुभकामना दिन चाहन्छु', उहाँले भन्नुभयो। उहाँले दाहालले लिएको नीतिबाट समृद्ध चितवन बन्न सकोस भन्दै कामना समेत गर्नुभयो। सो अवसरमा उहाँले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्षको प्रशंसा समेत गर्नुभयो। 

Skip This