अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक समृद्धिको सुत्र पर्यटन हो: अध्यक्ष ढकाल

मुलुक समृद्धिको सुत्र पर्यटन हो: अध्यक्ष ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताउनु भएको छ।

शुक्रवार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएकोहो। उहाँले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो।

उहाँले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गर्नुभयो। अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी रहेको बताउनुभयो। उहाँले पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताउनुभयो।

अध्यक्ष ढकालले भन्नुभयो,‘नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तीनीहरुको प्रचारप्रसार गर्न सकिरहेका छैनौं। ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका पर्यटकलाई नेपाललाई माया गर्ने अतिथिको रुपमा लिएका छौं। यो वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी छ। पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनायौं भने पर्यटन आगमनको अहिलको अवस्थामा धेरै गुणात्मक रुपमा परिर्वतन हुने छ।’

उहाँले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताउनुभयो।