अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमालेकी सांसद बरालको ध्यानाकर्षण

समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमालेकी सांसद बरालको ध्यानाकर्षण


काठमाडौँ-नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सम्बन्धित विषयहरूमा परराष्ट्रमन्त्री एनपी साउद समितिसँग बेखबर हुने गरेको भन्दै ध्यानाकर्षण गराउनुभयो। उहाँले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिन मन्त्री साउदलाई सचेत गराउनुभयो।

उहाँले भन्नुभयो, ‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु । सचिव पनि आउनुभएको छ। मन्त्रीज्युलाई कम्तीमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ । त्यो कुरा मनन गर्नुभए हुन्थ्यो । सूचनाको ग्यापले यो सदस्यको रूपमा जबाफदेहिता कमजोर हुँदा मेरो नभई समिति र समितिको मात्र नभई मन्त्रीज्युकै प्रभावकारी हुन कठिन छ ।’

सांसद बरालले राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

Skip This