अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित

पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित


काठमाडौँ-कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी: आत्माले भिजेका कविताहरू’ आज यहाँ लोकार्पण गरिएको छ। ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ ९कामप्रतिको समर्पण भाव० मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन्।

राष्ट्रकवि माधव घिमिरेका सन्तान घिमिरे र पौडेलका कृतिको विमोचन आमा महाकालीसहितले विमोचन गर्नुभएको हो। पौडेलका यसअघि गीत, ‘गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् भने घिमिरेको यो पहिलो कृति हो। दुवै ‘आवरण  प्रकाशन’ द्वारा प्रकाशन भएका हुन्। 

सो अवसरमा प्राडा कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै  लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताउनुभयो। नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफूभित्र हेर्ने कविका रूपमा पाएको बताउनुभयो। 

कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत–कविता कोरेको बताउनुभयो भने कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट गर्नुभयो। दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिनुभयो। 

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले तीन वर्षअघि स्थापित संस्थाले लोकार्पित कृति संस्थाको १५औँ र १६औँ कृति भएको र आफूले ७०० भन्दाबढी कृतिमा आवरण कोरेर सेवा गरेको बताउँदै आफ्नो प्रकाशनले स्रष्टाहरूको प्रतिलिपि अधिकार र प्रचारप्रसारका लागि पनि काम गरिरहेको जानकारी दिनुभयो। 

Skip This