सुर्खेत- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शैक्षिक,आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताउनु भएको छ।
पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँदै भण्डारीले त्यसका विरुद्धमा निरन्तर सङ्घर्ष गरिराख्नुपर्ने बताउनु भएकाे हो।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा बोल्दै भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘महिलाको क्षेत्रमा विभिन्न नीतिगत एवम् कार्यक्रमहरू भए पनि समाजमा विद्यमान पुरातनवादी सोचका कारण हरेक हिसाबले महिलाहरू अझै पछि छन्।’
नेपालले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार भने भएको उहाँको भनाइ थियो । महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भएको उहाँले बताउनु भयो।






प्रतिक्रिया