अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा


काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बैंकले तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र  बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ। 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । 

बैंकका ४६ लाखभन्दा बढी ग्राहक छन्। 

Skip This