अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडलाई कृषिबाट यसरी समृद्धि बनाउन सकिन्छ

मध्यपहाडलाई कृषिबाट यसरी समृद्धि बनाउन सकिन्छ


पहाड अलि सानै देखि सुनेको मैले। राजनीतिक गर्ने क्रममा कतिपय ठाउँमा काम पनि गरेको। घुमेको डुलेको। त्यहाँको जनजीवन देखेको अनुभुत गरेको पनि। तर मध्यपहाड भन्ने चाहिं केही समय पहिला मात्र सुनेको हुँ। हिमाली भेग भन्दा मन्तिर र चुरे पहाडभन्दा मास्तिरको भूगोल मध्यपहाड रहेछ। यसपाली नेकपा एमालेले आयोजना गरेको झुलाघाटदेखि चिवाभज्याङ सम्मको १९ दिने यात्रामा म पनि थिएँ। वातावरणको हिसाबले, मानिसको रहनसहन, बोलीचालीको हिसाबले लगायत सबै सुन्दर लाग्यो। पहाडको माया ममताबाट हिमाल, पहाड तराई कोही छैन पराई भनेर व्यक्तिगत रूपबाट महसूस गरेँ।

यात्राका क्रममा पहाडी जीवनका अनेक आयामहरूलाई मैले नजिकबाट नियाल्ने मौका पनि पाएँ। डोटीको गाउँबाट सदरमुकाम दिपायलमा एक/दुई लिटर दूध बेचेर आफ्नो घरपरिवार धान्नलाई दुई घण्टा पैदल यात्रा हिँडेर आएका महिलाहरूको लाइन देखेँ। मर्निङवाकमा निस्कदा महिला, किसान, विद्यार्थीहरूको अवस्था कस्तो छ भनेर चियाउन पाएँ। एउटा पसल अगाडी मानिसहरूको ठूलो भिड देखेर के रहेछ भनेर बुझन् खोजेँ। एउटा मिठाई पसलमा दुध बेच्नेको भिड रहेछ त्यो। घण्टौं कुरेर दूध किनबेच हुँदोरहेछ। दिदीआमाहरू त्यत्रो लाइन बस्नुभएको छ। कोही दूध डेरीमा खन्याउन ब्यस्त थिए। कोही पैसा लिने लाइनमा उभिएका थिए । मैले सोधें, ‘तपाईं यहाँ आएको कति समय भो ?’ एकजनाले उत्तर दिनुभो, ‘आधा घण्टा भयो। अझ एक घण्टा लाग्छ। लाइनमै।’ फेरी सोधें ‘घर फर्कनलाई कति समय लाग्छ ?’ उहाँले डेढ दुई घण्टा लाग्छ भन्नुभयो
तपाईँहरूको यस्तै समस्या बुझ्न आएको हामी एमाले पार्टीका मान्छेहरू। त्यसमा पनि तपाईँहरूकै घरघरमा आएर तपाईँहरूकै समस्या बुझ्न हाम्रो श्रद्धेय अध्यक्ष केपी शर्मा ओली पनि आउनुभएको छ। ‘चिनेको छ कि छैन हजुरहरूले’ भनेर सोधें। नाम सुनेको छौं। टिभिमा टिकटकमा देखेका छौं भने दिदीबहिनीहरूले। उहाँ यहाँ आउनु भएको छ भन्दा हामी खुशी भएका छौं भने उनीहरूले।

डोटीमा दूध बेच्न आएका किसान दिदीबहिनीहरूले मलाई सोध्नुभयो, ‘तपाईं को हो ?’ मैले भने, ‘म मधेशतिरको मान्छे । मैले तपाईंहरूकै कृषिमन्त्री पद पनि सम्हालेको थिएँ ।’ ‘तपाईं मन्त्री ! यस्तो सिम्पल ?’ त्यहाँका दिदीबहिनीहरूले मलाई भनेको अहिले जस्तो लागिरहेछ। म पूर्व कृषिमन्त्री भएको थाहा पाएपछि उहाँले गाउँमा एउटा डेरी स्थापना गरिदिन माग गर्नुभएको छ।
पहाडमा कृषि उत्पादनको अथाह सम्भावना रहेछ। छोटो समयमा नै फरक-फरक हावापानी। जसले गर्दा फरक-फरक प्रकारका बालीनाली र फलफूल लगाउन सकिने। तर मैले हेरें। सानो बारीमा त्यही गहुँ रोपेको छ। त्यहीं आलु रोपेको छ। त्यही साग रोपेको छ। त्यही कोभी फलाएको छ। हेर्दाखेरी यो राम्रो हो। तर यसरी सानो सानो क्षेत्रमा थोरै बाली लगाउँदा उत्पादन राम्रो हुँदैन। यो एउटा परिवारका लागि निर्वाहमुखी जस्तो मात्र भयो। छोटो समयका लागि भए पनि म दुईपटक कृषिमन्त्री भइसकेको मान्छे हुँ । मेरो अनुभवले भन्छ अहिले भन्दा हामीले तेब्बर रूपमा उत्पादन हामी बढाउन सकेनौं भने स्थिति नाजुक बन्दै जान्छ। किनभने युवाहरू विदेशिने क्रम जारी छ। युवाहरूले विदेशबाट पैसा पठाउने यहाँ हुनेले चामल, दाल, सागसब्जी किनेर खाने। खेतबारी बाँझै राख्ने। यो क्रमलाई हामीले अब यही अन्त्य गर्नुपर्दछ । सकेसम्म स्वदेशमा नै रोजगारी सृजना गरेर युवाहरूलाई विदेश जान रोक्नु पर्दछ । यदी उनीहरू गइहाले पनि यहाँका खेतबारी बाँझै राखेर अन्न किनेर खाने चलनको त अन्त्य गर्नै पर्दछ।

पहाडमा घरघरै गाई, भैंसी पाल्या छ। तर दूध किनेर खानुपर्ने अवस्था देखें धेरै ठाउँमा। परम्परागत जातका गाई भैंसी पाल्दा थोरै मात्र दूध उत्पादन भइरहेको छ। त्यती कै स्याहार चाकरमा उन्नत जातका पशु पाल्ने हो भने दुध खाएर बेच्न पनि पुग्छ। त्यस कुरामा पहाडका किसानलाई उत्प्रेरणा प्रदान गर्नुपर्ने अवस्था देखेँ। चाहे गोरखामा भन्नुहोस वा खोटाङमा। बागलुङको गलकोटमा भन्नुहोस वा तेह्रथुमको आठराईमा। पशुपालनको परम्परागत विधी नै रहेछ। यसलाई सुधार गरेर कम्तीमा गाउँमा दूधमा आत्मनिर्भर हुने अवस्था आउने देखें मैले। अर्को कुरा पूर्वदेखि पश्चिमसम्म नै पहाडमा कोदो फलेको देखें । कोदो एक पौष्टिकयुक्त बाली हो। यसबाट बन्ने खानाले स्वास्थ्यलाई राम्रो गर्दछ। तर यो हेपिएको बाली पनि हो। यसलाई खान गाउँमा कतिपयले इन्कार गरेको पनि देखेँ। यसको उत्पादनलाई ठूलो मात्रामा गर्ने हो भने निर्यातको धेरै सम्भावना छ। मलाई लाग्छ यसका लागि बजार खोजिरहनु पर्दैन।

हामी मधेशमा त्यत्रो समतल ठाउँमा बसेको मान्छे । भौगोलिक हिसाबले पनि सहज संख्याको हिसाबले पनि धेरै। तर विकासको हिसाबले पछाडि हामी पछाडि किन ? पहाड किन अगाडि ? आखिर राज्यले बराबर नजरले हेरेको छ। तर मधेश किन पछाडि यसमा म मधेसमै जन्मेको हिसाबले अलिकति पहाडमा घुमेको कारणले धेरै अनुभवहरू बटुले। हामी मधेसको हिसाबले अझै पछाडि छौँ जति गर्नुपर्ने अझै गर्न सकेको छैन। यसमा अझ पहाड जतिको मेहनती मान्छे भइदिएको भए मधेस एकदम समृद्ध भएर मधेशतिर अगाडि बढ्नसक्थ्यो।

पहाडका मान्छे धेरै मेहनती। बिहान उठेको छ भैंसी दोया छ। गाई दुया छ । त्यसपछि फेरि ६ बजे उज्यालो हुँदाहुँदै कोदालो बोकेर खेत खन्न गएको छ। गोरू लिएर खेत जोत्न गएको छ। सबै हेर्यौ नि हामीले त्यहाँको स्थितिहरू। जस्तो मङ्गलसेनमा देखियो। पूर्वी रूकुमको त्यहाँ पनि त्यस्तै । किसानहरू रूकुमको चौरझारी बिहानै उठेर किसानहरू हिँडेका छन्।
मंगलसेनको मेयर पदम बोहोराजी पनि एकदमै मेहनती। आफ्नै खेत खन्न जाने गोरू लिएर जोत्न जाने। पानी हाल्ने कोदो रोप्ने धान रोप्ने । आफूलाई पुग्ने अन्नपात सबै आफै उब्जाउनु भएको रहेछ। मैले उहाँको बुहारीसँग पनि सोधेँ। बाबाले त जनता जनता भन्नुहुन्छ । तर समय निकालेर खेती किसानी पनि गर्नुहुन्छ एकदमै मेहनती हुनुहुन्छ मेहनती भएर जनताले पत्याएको हो । आफैं किसान आफै मेयर, सबै थोकमा मिल्ने । मैले यो यात्रामा पहाडमा फलेका फलहरू फापर, कोदो, जुनार अनि त्यसपछि सुन्तला स्याउ अनि अम्बा कागती, लप्सी ,अमला अनि त्यसपछि निबुवा, कटुस। कटुस मैले पहिलो पटक देखेको र खाएको पनि पहिलो पटक नै हो।

पहाडको समृद्धि फलफूल र कृषिबाटै
पहाडमा समृद्धि ल्याउन फलफुलबाटै सम्भव रहेछ। पहाडका लागि यो धेरै राम्रो व्यवसाय। झुलाघाटदेखि चियाभन्ज्याङसम्मको यात्रामा हामीले धेरै सुन्तलाहरू खायौं। बारीभरी अनेकथरी सुन्तला। यी पनि परम्परागत ढंगबाट नै लगाइएका। प्रत्येक जिल्लाको सुन्तलाको स्वाद फरक फरक। कुनै जिल्लामा खल्लो कुनै जिल्लामा रसिलो भोजपुरको एकदमै रसिलो। दैलेखमा पनि एकदमै र गुलियो सुन्तला पाइएको थियो। जाजरकोटतिर पनि सुन्तला त्यस्तै । धनकुटा त सुन्तलाको राजधानी नै रहेछ। सिन्धुली जुनारको राजधानी रहेछ। रूकुमको रसिलो स्या। त्यती मात्र होइन पहाडमा ठाउँठाउँमा स्थानीय कृषि उत्पादनलाई झल्काउने स्तम्भहरू बनाएको देखेर खुशी पनि लाग्यो। सिन्धुलीमा जुनारको स्तम्भ,धनकुटाको सिधुंवामा बन्दागोभीको स्तम्भ। पहाडमा कालो भटमास र मकैको उत्पादन पनि त्यस्तै राम्रो हुने रहेछ । मलाई त के लाग्यो भने म अझ त्यो ठाउँमा भएको भए सबैभन्दा विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने थिएँ। एकछिन त मलाई एकदमै मनले त्यो सोच्न बाध्य बनायो । हाम्रो सरकार भएको भए त्यो जनताले त्यस्तो दुःख पनि पाउने थिएन बजारीकरणको व्यवस्था हुन्थ्यो कि जस्तो लाग्यो।
किसानहरूको समस्या अहिले नबुझे कहिले बुझ्ने ? सबैको आश हाम्रो पार्टी र यसका अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति छ। त्यसमा पनि हाम्रो श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीजी माथिको विश्वास जुन जागेर आएको छ ,जनतामा त्यो विश्वास टुट्नु हुँदैन र टुटाउनु पनि हुँदैन । काम गर्नुपर्छ संरक्षण गर्नुपर्छ। संरक्षण गर्नलाई हामीले राज्यबाट हुने सहयोग हामी हामी के के बजारीकरणको विषयमा के हुन्छ उब्जनीका विषयमा पनि आवश्यक सामग्रीहरू आधुनिक औजारहरू पु¥याइदिने त्यसमा पनि ध्यान दिनुपर्छ । सबै चिजहरू हामी हेर्यौं भने धेरै राम्रो हुन्छ।

अर्को कुरो हामीले माछा खाएको ठाउँ सुनकोशीको किनार दोलालघाट। त्यहाँ अध्यक्षजीले नै माछा फ्राई गर्नुभयो। हामी सबैले खायौं अनि त्यहाँ कस्तो देखिन्छ भने एउटा माझी जाति रहेछ माछा मार्ने। उनीहरूको चाहिँ खाली माछा मारेर आफ्नो परिवार पाल्ने अनि त्यो खोलाको माछा चाहिँ सकिन लागेको छ। विभिन्न प्रकारका विषादीको प्रयोग र जलवायु परिवर्तनले प्राकृतिक रूपमा रमाएका माछाहरू संकटापन्न रहेछन्। मैले त्यतिखेर के सोचें भने ठाउँ ठाउँमा ड्याम लगाइदिने अनि माछाको भुराहरू ल्याएर राखिदिने। चारो हालिदिने। प्रशस्त खाओस् कति खान्छ भुराले। त्यो दीर्घकालीन रूपमा योजना बनाएर गर्न सकिन्छ। ती भुरा हुर्किएपछि खोलामा छोडिदिने। जसले गर्दा माछाको संरक्षण पनि भयो। माझी जातीको जिविका पनि चल्यो। माछा मान्छेले पनि खान पाउने भए। खोलाको माछा धेरै स्वास्थ्य हुन्छ। त्यो हिसाबले पनि योजना बनाउनुपर्छ कि हाम्रो पार्टीबाट भन्ने लागेको छ। भुरा चाहिं लगेर दुई महिनासम्म पोखरीमा राख्ने दुई महिना देखिन्छ त्यसपछि खोलामा ठाउँ ठाउँमा लगेर हालिदिने। त्यहाँको हावापानी उस्तै त हुन्छ त्यहाँ एडजस्ट भइसकेका हुन्छन्। त्यो पनि त एउटा नयाँ उपाय हो नि त।

कृषिबाट समृद्धि हुन कृषि प्राविधिक उत्पादन
पहाडमा फलफूलबाट समृद्धि हासिल गर्नका लागि आधुनिक तरिकाले खेती गर्नुपर्दछ। खेतिमा यान्त्रिकरण गर्नु पर्दछ । कृषि प्राविधिक पढाउनु पर्दछ। विभिन्न ठाउँमा नसर्री तथा फलफूल अनुसन्धान केन्द्रहरू बनाउनु पर्दछ। यस अघि नै स्थापना भएका यस्ता केन्द्रहरूलाई सक्रिय बनाउनु पर्दछ। यात्राको क्रममा हाम्रो अध्यक्षजीले लुम्ले कृषी अनुसन्धान केन्द्र, धनकुटाको पाख्रिबास कृषि केन्द्र,पारीपात्ले फलफूल अनुसन्धान केन्द्र आदिको पनि जानकारी लिनुभएको छ। मैले थाहा पाएँ। अध्यक्षज्यूले नै जग्गा उपलब्ध गराएर तेह्रथुमको आठराईमा सिटिइभिटीको भेटनरी पढाउने शिक्षालय बनेको रहेछ। जहाँबाट उत्पादन भएका जनशक्तीले मेची र कोशी पहाडमा कृषि र पशुपालनमा नयाँ आयाम दिन सक्छन् भन्ने मलाइ लाग्यो। सुन्तला बगैचा कार्यक्रम गर्नलाई त्यसमा त मेनपावर चाहिन्छ। कामहरूमा अल्झाइरहनु पर्छ। जस्तो दैलेख भोजपुरमा सुन्तलाको खेती बगैँचा विद्यार्थीहरू कति विद्यार्थीहरू साइन्स लिएर पढेको छ कति भेटनरी पढेको छ त्यो सम्बन्धी पढेको छ। उनीहरूलाई कृषिकर्ममा राख्न सकियो भने बैदेशिक पलायनको क्रममलाई पनि रोक्न सकिन्छ। त्यस्तोलाई अलिकति दिमागमा त्यस्तै खालको टिचरहरूलाई पनि त्यो खालको एउटा कोचिङ गराउनुपर्ने देखिन्छ। तराईको भन्दा पहाडको विद्यार्थीहरू मेहनती पनि हुन्छ। धेरै मेहनती भएको कारणले धेरैतिर केन्द्रित गराएर नेपालमै केही गर्नुपर्छ भन्ने। गाईपालनतिर लाग्ने भैंसीपालनतिर लाग्ने हुन्छ नि।

नेपालमा केही पनि कमी छैन
जति पनि जिल्ला घुमे नेपालमा फलफुलको हिसाबले पनि बाली तेलहनको हिसाबले पनि कमी छैन। बाटोघाटोको हिसाबले पनि कमी छैन तर मात्रै अलि व्यवस्थित बनाइदियो भने सहज हुने देखे। धेरै राम्रो हुँदाहुँदै पनि कतिपय ठाउँ गुमेको अवस्था देखिरहेको छु। राज्यले ध्यान नदिएको अवस्था देखेँ। पहाडको माटो गुणस्तरीय छ त्यहाँ तराइको तुलनामा जस्तो रासायनिक मलहरू कम प्रयोग हुन्छ। गोबरमलको अत्याधिक प्रयोग हुन्छ। मुख्य समस्या पानीको समस्या छ। सिंचाइको समस्या छ। पानी पुगिरहेको छैन। किसानलाई पनि प्रोत्साहन गर्ने हिसाबले कार्यक्रम ल्याउनु पर्दछ। विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षामा जोड दिएर लानुपर्ने हुन्छ। पहाडी क्षेत्रको पहाडलाई बढी विशेष प्राथमिकतामा राखेर यो अभियान मात्र सीमित होइन दीर्घकालीन योजनामा ढाल्न सक्नुपर्छ। मैले देखे अनुसार हामी १० वर्ष निरन्तर लाग्यो भने पहाडलाई एउटा समृद्ध बनाउन सक्छौँ । हामीसँग त्यो खुबी छ । विभिन्न क्षेत्रलाई पकेट क्षेत्रहरू घोषणा बिक्री वितरणका लागि किसान व्यापारी र स्थानीय सरकारसँग चाहिँ समन्वय गराउने यो समन्वयको धेरै ठाउँमा कमी देखियो।

धेरै ठाउँमा बजारीकरणका लागि गाउँमा उत्पादन भएका उपभोग्य वस्तुहरू सहर पु¥याउनका लागि यातायातको असुविधा मानिसहरू बोरामा बोकेर भरियालाई बोकाएर लाने गरेको देखियो। पहाडी क्षेत्रमा पनि पानी व्यवस्था भएको ठाउँमा धान गँहु राम्रोसँग उत्पादन भएको देखियो।

(कृषिमन्त्री ज्वाला कुमारी साहसँग यो बेला डटकमले मन्त्री नियुक्त हुनुभन्दा केही दिन पहिले मध्यपहाडी यात्राको क्रममा उहाँले देखेका कृषिका सम्भावनाका बारेमा गरिएको कुराकानीमा आधारित)