काठमाडौं-काठमाडौं महानगरपालिका-३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई दुःख-हैरानी दिई घुस माग गरेको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा भट्टराईलाई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।






प्रतिक्रिया