अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले घटायो डिजेल पेट्रोलको मूल्य : जनतालाई राहात

सरकारले घटायो डिजेल पेट्रोलको मूल्य : जनतालाई राहात


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो ।