अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको छ ।