अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।