अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

आज सुनको मूल्य प्रतितोला सात सयले बढ्यो


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुन पनि प्रतितोला सात सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । 

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ निर्धारण भएको छ ।