अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।

आज  छापावाला सुनको मूल्य तोलामा १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।