अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाउनु भएको छ। उहाँले सत्ता गठबन्धनमा रहेका दलहरू एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक सांसदकाे मत पाउनु भयो।

जम्मा १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाउनुभयो। विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन्।

बागमती प्रदेश सभामा ११० सांसद छन्।