काठमाडौं-नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ। पार्टीको १० औँ जिल्ला अधिवेशन श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँले मतदान प्रक्रियाबाट अध्यक्षमा चुनिनुभएको हो। सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ।
अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी निर्वाचित हुनुभएको छ। यसैगरी सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित हुनुभएको छ। उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन छानिनु भएको छ। अधिवेशनबाट १ सय १ सदस्सीय जिल्ला नेतृत्व चयन भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो।
महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गर्नुभयो । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।
प्रतिक्रिया