अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कपिलवस्तुको जिल्ला अधिवेशन वैशाख २९ गतेदेखि

एमाले कपिलवस्तुको जिल्ला अधिवेशन वैशाख २९ गतेदेखि


काठमाडौं-नेकपा एमाले कपिलवस्तुको १३ औं जिल्ला अधिवेशन आगामी वैशाख २९ र ३० गते हुने भएको छ। 

वैशाख २९ देखि ३० गतेसम्म पार्टी जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति टुङ्गो लगाएको हो।

अधिवेशनको उद्घाटन कार्यक्रम शिवराज नगरपालिकाको चन्द्रौटा खेल मैदानमा हुने छ। त्यसैगरी देउराली रिसोर्टको सभा हल खैरेनीपुरमा बन्दसत्र सञ्चालन हुने भएको छ।

बैठकबाट अधिवेशनको लागि जिम्मेवारी बाँडफाँड पनि गरिएको छ। अधिवेशनसँग सम्बन्धित विभिन्न विभागलाई जिम्मेवारी दिइएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो।