काठमाडौं-नेकपा एमालेका नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले उपनिर्वाचनबारे माओवादीसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो।
यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उमेदवार बनाएको उहाँले बताउनु भयो। नेता पन्तले अहिलको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दाबी गर्नुभयो।
प्रतिक्रिया