अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता हुने

एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता हुने


हेटौंडा-नेकपा एमालेको जिल्ला अधिवेशन जेठ तेस्रो साता हुने भएको छ।

मंगलबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने अधिवेशन आयोजक कमिटीले जनाएको छ । वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपानतरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिनुभयो।

बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।