अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता हुने 

एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता हुने 


काठमाडौँ– नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ तेस्रो साता हुने भएको छ । हिजो बसेको एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रूपमा रुपान्तरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।

यस्तै बैठकले अधिवेशनको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।