अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शर्माले राजिनामा दिनेमा अझै विश्वस्त हुन सकिरहेको छैन एमाले

शर्माले राजिनामा दिनेमा अझै विश्वस्त हुन सकिरहेको छैन एमाले


काठमाडौं- तीनदिन देखि राष्ट्रिय राजनीतिलाई आफूतर्फ तानेका कर्णलीका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिने बताए पनि एमाले विश्वस्त हुन सकेको छैन । आजको प्रदेशसभा बैठकमा केही मन्तव्य राखेर राजिनानमा गर्ने प्रतिवद्धता व्यक्त गरे पनि एमालेले यो रणनीतिमात्र हो कि भन्ने शंका व्यक्त गरेको छ ।
अहिले वीरेन्द्रनगरमा माओवादी संसदीय दलको बैठक बसिरहेको छ । यता एमाले भने माओवादीको संस्थागत निर्णय पर्खेर बसेको छ । मुख्यमन्त्रीजीले प्रतिवद्धता व्यक्त त गर्नु भएको छ तर हामीले विश्वास गर्न सकिरहेका छैनौ एमालेका एक प्रदेशसभा सदस्य भन्छन् प्रदेशसभा बैठकलाई सम्बोधन गर्दा उहाँले राजिनमाको घोषणा गर्नुहोला कि विश्वासको मत माग्नु होला । हामी शंसयमा छौं ।
एमालेका प्रमुख सचेतक टेकराज पछाईका अनुसार माओवादी दलको बैठकको औपचारिक निर्णय कुरेर एमाले बसेको छ । हिजोको माओवादी बैठकले शर्माले राजिनामा नदिने निर्णय गरेको थियो ।