अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बन्दै

यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बन्दै


कर्णाली-कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएसँगै कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुने भएका छन्।

एमाले र माओवादीले गरेको भागबन्डाअनुसार अब कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। त्यसकै लागि मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिइसक्नुभएको छ। राजकुमार शर्मालाई राजीनामा दिनुभएसँगै अब एमालेका नेता कँडेल कर्णालीको मुख्यमन्त्री हुन लागेका हुन्। 

यामलाल मुख्यमन्त्री बान्ने भएपछि सुर्खेतस्थित प्रदेश सभाभवनबाहिर कार्यकर्ताकाे भिड लागेको छ।

२०७४ र २०७९ सालमा दुई पटक प्रदेशको चुनाव जित्नु भएको थियो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।